राजनीति
काठमाडौं । सुर्खेतमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच बुधबार झडप भएको छ । सिम्ता गाउँपालिका–६ मा कार्यकर्ताबीच दोहोरो झडप भएको हो ।
झडपमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेत प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले एमाले र कांग्रेस समर्थक र प्रहरी समेत घाइते भएको जानकारी दिए ।
अहिले घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ १६:०३
प्रतिक्रिया दिनुहोस्