site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आस्था गिलले जब दरबारमार्गमा गाइन् गीत ‘आगे आगे तोपको गोला...’
SkywellSkywell

काठमाडौं । बलिउड गायिका आस्था गिलसँग काठमाडौंबासीले नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्टस शो भएको थियो । 

शनिबार नेपाल आएकी गायिका गिल कन्सर्टमा मध्यराति १२ प्रस्तुत भएकी थिइन् । क्रप टप र रातो रंङको पाइन्टमा ‘म पानी पानी हो गई’ गीत गाउँदै प्रस्तुत भएकी गिलले करिब तीन घन्टा स्टेजमा आफ्ना गीत गाइन् । 

Dabur Nepal
NIC Asia

‘म पानी पानी’,  ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी शुरु हुई है’, ‘नागिन दिन गिन गिन’ लगायत एक दर्जन हिट गीत उनले कार्यक्रममा प्रस्तुत गरेकी क्लब प्लाटिनमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

गिलले कार्यक्रममा नेपाली गीत ‘आगे आगे तोपको गोला’ बोलका गीतको केही लाइनसमेत गाएर सुनाएकी थिइन् । यो गीत गाउँदा दर्शकले चर्को हुटिङ गर्दै साथ दिएका थिए । उत्साही बनेकी उनले अर्काे पटक नेपाल आउँदा यो गीत पूरै गाउनेभन्दै नेपाल र नेपाली आफूलाई मनपर्ने बताइन् ।

उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी–११’ को प्रतिस्पर्धी पनि हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu