site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धन कमजोर बनाएर केपी ओलीलाई बलियो बनाउने काम हुँदैछ : रामचन्द्र पौडेल
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनभित्रका मानिसहरूलाई उकासेर गठबन्धन कमजोर बनाउने खेल भइरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंको शान्तिबाटिकामा भएको गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन कमजोर भए केपी ओली बलियो हुने र त्यहीँ खेल भइरहेको दाबी गरे ।

उनले गठबन्धन संविधानको माग र राष्ट्रिय आवश्यकता भएको पनि बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेता पौडेलले वर्तमान गठबन्धनको खिलाफ ओलीले पनि गठबन्धन गरेको तर ककसलाई गठबन्धनमा आवद्ध गराएका छन् उनीरूको अनुहार हेर्न पनि अनुरोध गरे । 

“केपी ओलीलाई बहुमत दिएर सरकार बनाउनुभयो । उहाँ अस्थितरताको नायक बन्नुभएको छ । मुलुकको सुशासनमाथि प्रहार गर्नुभयो,” उनले भने, “यो गठबन्धनको मिसन परिवर्तन र अग्रमनलाई बचाउने हो । यो प्रगतिशील गठबन्धन हो ।”

Royal Enfield Island Ad

उनले थपे, “आज केपी ओलीलाई बलियो बनाउन गठबन्धनलाई कमजोर बनाउने काम भएको छ । गठबन्धनभित्रको मानिसहरूलाई रुखमा भोट हाल्दिन, हसिया हथौडामा मत हाल्दिन भनेर उस्काइएको छ । लकिरको फकिर समाएर गठबन्धन कमजोर बनाउने काम भएको छ ।” 

उनले राजनीतिक स्थायित्व दिन गठबन्धन बनेको बताए । देशले स्थिरता नपाएर विकास हुन नसकेको भन्दै उनले स्थिरतामाथि किन प्रहार हुन्छ ? भन्दै प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro