site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पाँच वर्षअघि कांग्रेसले गठबन्धन गरौँ भन्दा मैले नमानेकै हो : चित्रबहादुर केसी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच वर्षअघि नेपाली कांग्रेसले गठबन्धनको प्रस्ताव गर्दा आफूले अस्वीकार गरेको बताएका छन् । वाम गठबन्धन बनेको समयमा कांग्रेसले जनमोर्चासँग गठबन्धन गर्न खोजेपनि आफूले अस्वीकार गरेको उनको दाबी छ ।

शुक्रबार काठमाडौंको शान्तिबाटीकामा सत्ता गठबन्धनले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनमोर्चा राष्ट्रवादी पार्टी भएकाले गठबन्धन गर्न किन गएको भन्दै पार्टीमाथि निरन्तर आक्रमण भइरहेको पनि बताए । उनले गठबन्धन गरेर जनमोर्चा र चित्रबहादुर केसी सिद्धियो भनेर अनर्गल प्रचार भइरहेको गुनासो गरे । 

Agni Group
NIC Asia

“पाँच वर्षअघि वाम गठबन्धन हुँदा पनि कांग्रेसले मलाई बालुवाटारमा बोलाएर गठबनधन गरौँ भनेकै हो । त्यतिबेला बाग्लुङ, अर्घखाँची, डोटी कहाँ कहाँ जित्नुहुन्छ लिनुहोस् भनेर शेरबहादुर रामचन्द्रजीहरूले भनेकै हो,” उनले भने, “तर मानिनँ । म यसपालि गठबन्धनमा जादिन भन्दिएँ । पछि वाम गठबन्धन हुँदै नेकपासम्म बन्यो । दुई तिहाइ मतले सरकार पनि बन्यो । सरकार बनेको तीन वर्षमा देखिहाल्यौँ के भयो । संसद् देख्यो कि ओलीजीले सिद्धयाइहाल्ने नीति लिनुभयो ।”

अध्यक्ष केसीले गठबन्धनभित्र पनि एकमत हुन नसक्ने बताए । फरक मत भइरहेपनि गठबन्धन अहिलेको आवश्यकता भएको दाबी गरे । साथै उनले काठमाडौं जस्तो महानगरपालिकामा हार जितले देशभरीमात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पनि असर पार्ने बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu