देश
काठमाडौं । प्युठानमा बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । ८३ वर्षीय बुवा जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका, ४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ ०८:५८
प्रतिक्रिया दिनुहोस्