राजनीति
काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरको टिकट खोसेको छ । यसअघि बसेको सचिवालय बैठकले मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको थियो ।
तर चौतर्फी विरोधपछि पौडेलको टिकट खोसिएको बताइएको छ । एमालेले कृष्ण थापालाई मेयरको उमेदवार बनाउने निर्णय गरेको छ ।
सो कुराको पुष्टि गर्दै थापाले बाह्रखरीसँगको कुराकानीमा आफूले प्रदेशसभाबाट राजीनामाको तयारी गरिसकेको बताए ।
उनले भने, “हो मैले टिकट पाएको हुँ । प्रदेशसभाबाट राजीनामा दिँदैछु । त्यसपछि मेयरमा उमेदवारी दर्ता गराउन जानेछु ।”
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ ०९:२८
प्रतिक्रिया दिनुहोस्