काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बसेको हो ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक झन्डै दुई घण्टा ढिलो गरी सुरु भयो । ओली निवासमै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत स्थानका नेताहरूसित छलफलमा व्यस्त रहँदा बैठक सुरु हुन ढिलाइ भएको हो ।
आजको सचिवालय बैठकबाट महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उमेदवार टुंगो लगाउने तयारी छ । उमेदवार टुंगो लगाएर उनीहरूलाई टिकट वितरण गरिनेछ ।
दलहरू यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज वा भोलिसम्ममा उमेदवार टुंगो लगाउनैपर्ने दबाबमा छन् । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ताका लागि समय निर्धारण गरेको छ ।