site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मुख्यमन्त्री महिला गोल्डकपः सरुको उत्कृष्ट प्रदर्शनले एपीएफ फाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरु लिम्बुको दुई गोलप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ)ले बुधबार त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै मुख्यमन्त्री राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । 

कैलालीको धनगढीमा जारी प्रतियोगिाताको सेमिफाइनलमा एपीएफले सरुको गोलबाट २३औं मिनेटमा अग्रता लिएको थियो । त्यसको ११ मिनेटपछि सरुले एपीएफको अग्रता दोब्बर बनाइन् । ७१औं मिनेटमा सावित्रा भण्डारीले तेस्रो गोल थपिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

८७औं मिनेटमा सपना लिम्बुले गरेको गोलबाट त्रिभुवन आर्मीले पुनरागमनको प्रयास गरेको थियो । इन्जुरी समयमा हेमा चौधरीले अर्को गोल थपे पनि आर्मीलाई खेलमा फर्किन धेरै ढिला भइसकेको थियो । 

उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी सरु प्लेयर अफ दी म्याच घोषित भइन् । सरुले ५ हजार रुपैयाँ नगद पाइन् । बिहीवार हुने दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !