site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादी घोषणापत्र : निःशुल्क स्वास्थ्य उपचारदेखि श्रमिक विभाग गठनसम्म
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) पार्टीले निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क खानेपानीलगायत व्यवस्था गर्ने घोषणा गरेको छ । मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा जटिलखालका शल्यक्रियाबाहेकका उपचार निःशुल्क उपलब्ध गराइने उल्लेख छ । 

“जटिल खालका शल्यक्रियाहरू (जस्तै– मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया)बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्करूपमा उपलब्ध गराइने छ,” घोषणापत्रमा भनिएको छ । 

Dabur Nepal
NIC Asia

त्यसैगरी, मोबाइल नर्सिङ, टेलिमेडिसिन, टोलटोलमा सामुदायिक स्वास्थ्य उपलब्ध गरिने पनि घोषणापत्रमा उल्लेख छ । 

मासिक पाँचहजार लिटर खानेपानी निःशुल्क 
एकीकृत समाजवादीले खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँचहजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 

“हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँचहजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने छ । खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा अनिवार्य रूपमा पुयाइने छ,” घोषणापत्रमा भनिएको छ ।

त्यसैगरी वार्षिक ३०० युनिट विद्युत निशुल्कः उपलब्ध गराउने एकीकृत समाजवादीको भनाइ छ ।

त्यस्तै श्रमिक वर्गको हकहितका लागि हरेक पालिकामा श्रम विभाग गठन गरिने घोषणापत्रमा उल्लेख छ । 

“श्रमिक वर्गको हकहितलाई उच्च प्राथमिकता दिनका लागि हरेक पालिकामा ’श्रम विभाग’ गठन गरिने छ । यस विभागले पालिकाको भूगोलभित्रका विभिन्न क्षेत्रसँग सम्बन्धित श्रमिकहरूको पेसागत र वर्गीय हक–हित सुरक्षाका लागि विविधि योजना बनाई काम गर्ने छ,” घोषणा पत्रमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro