site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गुजरातलाई शीर्ष स्थानमा दुई अंकको अग्रता 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । डेबिड मिल्नरको अविजित ९४ रनप्रेरित गुजरात टाइटन्सले आइतबार राति चेन्नई सुपर किंग्सलाई तीन विकेट हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको छ ।

जितसँगै ६ खेलबाट १० अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । समान खेलबाट आठ अंक जोडेका लखनउ सुपर जायन्ट, रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावाद क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

पराजित चेन्नई पुछारबाट दोस्रो स्थानमा छ । चेन्नईले ६ खेलबाट दुई अंक मात्र जोड्न सकेको छ । अंकविहीन मुम्बई इन्डियन्स पुछारमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६९ रन बनाएको थियो । १७० रनको लक्ष्य गुजरातले एक बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गर्‍यो ।

चेन्नईका ओपनर रितुराज गाइकवाडले ७३ रनको योगदान गरे । अम्बती रायडुले ४६ रन बनाउँदा कप्तान रवीन्द्र जडेजाले अविजित २२ रन बनाए । शिवम दुबेले १९ रन जोडे । अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Global Ime bank

गुजरातका अल्जारी जोसेफले दुई विकेट लिए भने यश दयाल र मोहम्मद सामीले एक/एक विकेट लिए । 

१७० रनको लक्ष्य पूरा गर्ने क्रममा मिल्नरले अविजित ९४ रन बनाए । उनले ५१ बलमा आठ चौका र ६ छक्का प्रहार गरेका थिए । रशिद खानले ४० रन जोडे भने अभिनव मनोहरले १२ र ऋद्धिमन शाहले ११ रन बनाए ।

चेन्नईका ड्वाने ब्राभोले तीन विकेट लिए । महेश थीकशानाले दुई विकेट लिए । मुकेश चौधरी र जडेजाले एक/एक विकेट लिए ।

आईपीएलमा आज राति राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्दै छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय