site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बंगलादेशविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको क्लिन स्विप
Sarbottam CementSarbottam Cement

काठमाडौं । केशव महाराजले फेरि सात विकेट लिएपछि दक्षिण अफ्रिकाले सोमबार दोस्रो टेस्टमा बंगलादेशलाई ३३२ रनले हराएको छ । जितसँगै दक्षिण अफ्रिकाले दुई खेलको टेस्ट शृङ्खला क्लिन स्विप गरेको छ । पहिलो खेलमा पनि दक्षिण अफ्रिका २२० रनले पराजित भएको थियो । 

बंगलादेशले २७/३ को स्थितिबाट चौँथो दिनको सुरुआत गरेको थियो । तर ४१३ रनको लक्ष्य पछ्याएको बंगलादेशले चौँथो दिन ८० रन जोड्दा सबै विकेट गुमाएपछि दक्षिण अफ्रिका फराकिलो अन्तरमा विजयी भएको थियो । त्यसअघि दक्षिण अफ्रिकाले १७६/६ को स्थितिमा दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४५३ रन बनाएको थियो । बंगलादेश भने पहिलो इनिङ्समा २१७ रन बनाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्तिम दिन बंगलादेशलाई ८० रनमा समेट्नेक्रममा दक्षिण अफ्रिकाका महाराजले १२ ओभरमा तीन मेडनसहित ४० रन दिएर सात विकेट लिएका थिए । महाराजलाई सिमोन हार्मरले तीन विकेट लिएर साथ दिएका थिए । पहिलो टेस्टको पनि दोस्रो इनिङ्समा महाराजले सात र हार्मरले तीन विकेट लिएका थिए । 

बंगलादेशका लिटोन दासले २७, मेहिदी हसन मिराजले २० र तमिम इकबालले १३ रन बनाएका थिए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका पाँच ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् । 

Global Ime bank

महाराजले पहिलो इनिङ्समा पनि दुई विकेट लिएका थिए । त्यस्तै हार्मरले पनि तीन विकेट लिएका थिए । त्यसबाहेक डुवाने ओलिभरले दुई र वियान मुल्डरले तीन विकेट लिएका थिए । पहिलो इनिङ्समा बंगलादेशका मुश्फिकर रहिमले ५१, तमिम इकवालले ४७, यासिर अलीले ४६, नाजमुल होसैन शान्टोले ३३ रन बनाए । लिटोन दास र हसन मिराजले समान ११ रन बनाएका थिए । 

दक्षिण अफ्रिकाका लागि पहिलो इनिङ्समा महाराजले सबैभन्दा धेरै ८४ रन बनाएका थिए । कप्तान डिन इल्गरले ७०, टेम्बा बभुमाले ६७, कीगन पिटर्सनले ६४, रायन रिकेल्टनले ४२, मुल्डरले ३३, हार्मरले २९, काइल भेरेनले २२ रन बनाएका थिए । बंगलादेशका तैजुल इस्लामले ६ विकेट लिए। उनलाई खालेद अहमदले तीन र हसन मिराजले एक विकेट लिए । 

दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाका सरेल इर्वीले ४१, भेरेनले अविजित ३९, बभुमाले ३० र इल्गरले २६ रन बनाएका थिए । बंगलादेशका इस्लामले तीन विकेट लिँदा हसन मिराजले दुई र अहमदले एक विकेट लिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !