site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गण्डकी : बिहीबार बर्खास्ती, शुक्रबार नियुक्ति
Sarbottam CementSarbottam Cement

पोखरा । बिहीबार बर्खास्त गरिएका संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेलको ठाउँमा रविमोहन भण्डारीलाई सरकारले नियुक्त गरेको छ । पब्लिक हेल्थमा स्नातकोत्तर गरेका भण्डारी पोखरा ३१ स्थित नहरचोकका स्थायी बासिन्दा हुन् ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भण्डारीलाई तीन वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यो निर्णय चाहिँ सार्वजनिक भइसकेको छैन ।

संक्रामक तथा सरुवा रोग अस्पताल गठन आदेश, २०७७ को दफा ३ अनुसार भण्डारी नियुक्त भएका हुन् । उक्त दफाअनुसार अध्यक्ष हुनका लागि स्नातक तह उत्तीर्ण गरेको, र ३५ वर्ष पूरा गरेको हुनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, मन्त्रिपरिषद्को बिहीबारको बैठकले अस्पतालका निवर्तमान अध्यक्ष पौडेलसहित चार पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय शुक्रबार सार्वजनिक गरेको छ ।

उनीहरूलाई हटाउनकै लागि भनेर सरकारले चैत १८ गतेको मन्त्रिपरिषद् बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

Global Ime bank

उक्त निर्णयानुसार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेल, स्वास्थ्य विज्ञ डा. ध्रुवबहादुर अधिकारी, स्थानीयको तर्फबाट मेजर रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जरा पदमुक्त भएका छन् ।

पदमुक्त पदाधिकारी अदालत जाने
गठनादेशअनुसार समिति पदाधिकारीको कार्यकाल तीन वर्षको हुन्छ । तर, कार्यकाल नपुग्दै पदमुक्त गरेपछि पदाधिकारी अदालत जाने भएका छन् । स्वास्थ्यजस्तो क्षेत्रमा पनि राजनीतिक चलखेल भएको प्राडा पौडेलले आरोप लगाए ।

स्पष्टीकरण बुझाए पनि आफूहरूको काम, प्रगति विवरणमा सरकारले चित्त नबुझाएको उनले बताए ।

समितिका अन्य सदस्य र ११ जिल्लाका खेलकुदका पदाधिकारी चाहिँ चुनावपछि नियुक्त गर्ने सरकारको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय