site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीसहित पाँच पालिकामा टाइफाइडविरुद्धको खोप अभियान सुरु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकासहित पाँच स्थानीय तहमा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।

नेपाल सरकारले यही चैत २५ गतेदेखि देशभर खोप अभियान सुरु गर्ने निर्णय गरेको भए पनि कैलालीका पाँच स्थानीय तहमा आजदेखि नै अभियानका रूपमा सुरु गरिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार बुधबारदेखि धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा जोशीपुर, बर्दगोरिया र जानकी गाउँपालिकामा खोप अभियान सुरु गरिएको छ । बाँकी आठ पालिकामा भने चैत २५ देखि अभियान सुरु गरिनेछ ।

कैलालीमा दुई लाख ४९ हजार ४८ बालबालिकालाई टाइफाइडविरुद्धकोे खोप लगाउने लक्ष्य छ । कैलालीमा विद्यालयमा रहेका दुई लाख आठ हजार ८२८ तथा विद्यालयबाहिर रहेका ४० हजार २२० बालबालिका सबैलाई खोप प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गरिनेछ ।

Royal Enfield Island Ad

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले उपमहानगरपालिकाका  विद्यालयमा आउँदो वैशाख २ गतेसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro