देश
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाएको छ ।
यात्रुवाहक तथा मालवाहक सवारी साधनको सार्वजनिक सवारीसाधनको भाडादर १० देखि १४ प्रतिशतसम्म बढाएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार रुटगत भाडादर आइतबार प्रकाशित गरिनेछ ।
‘‘गाडीभाडा समायोजन गर्ने सैद्धान्तिक सहमति मन्त्रालयबाट भर्खरै प्राप्त भएको छ । अब प्राविधिक साथीहरुले हिसाब निकालेर आइतबार भाडादरको सूची प्रकाशित गर्नेछन् । कति प्रतिशत भन्दा पनि रुटगत भाडादर कायम गरिनेछ,” महानिर्देशक घिमिरेले भने । यसअघि पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै यातायात व्यवसायीहरुले भाडादर समायोजन गर्ने माग राख्दै आएका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८ १८:४९
प्रतिक्रिया दिनुहोस्