site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मोरङमा गहना लुटेको आरोपमा चारजना पक्राउ
SkywellSkywell

काठमाडौं । मोरङमा चाँदीको गहना लुटेको आरोपमा चारजना पक्राउ परेका छन् ।

बेलबारी नगरपालिका–४ बेतना सिमसार क्षेत्रमा चाँदीका गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

Dabur Nepal
NIC Asia

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई चाँदीका गहनासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका–३ बस्ने २५ वर्षीय सबिन विश्वकर्मा, महोत्तरी बर्दिबास नगरपालिका–१ बस्ने ३४ वर्षीय मनोज ठाकुर, उदयपुर रौतामाई गाउँपालिका–६ बस्ने २४ वर्षीय विशाल विक र सुनसरी इटहरी उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय बादल बिक छन् ।

एक जना फरार रहेको प्रहरीले जनाएको  छ ।

गत चैत ८ गते बिहान पाथीभरा ज्वेलर्स एन्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबासतर्फ लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाट भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro