देश
काठमाडौं । महोत्तरीमा स्रोत नखुलेको नगद ५५ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । औरही नगरपालिका–१ औरहीस्थित सडकबाट सो रकमसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ बस्ने २१ वर्षीय धिरजकुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ज.९ प ८२४७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेकसहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८ १८:५४
प्रतिक्रिया दिनुहोस्