राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्ट नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।
प्रदेशसभा सदस्यबाट राजीनामा दिएपछि उनलाई माओवादीले निलम्बन गरेको थियो । माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८ १६:४३
प्रतिक्रिया दिनुहोस्