site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विश्वविद्यालयमा हडताल नगर्न प्राध्यापकलाई शिक्षामन्त्रीको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौ‌ं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापकहरूलाई विश्वविद्यालयमा हडताल बन्द गर्न आग्रह गरेका छन् । बुधबार बिहान मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री पौडेलले स–साना कुरामा विश्वविद्यालयमा हडताल नगर्न आग्रह गरेका हुन् । 

“लोकतान्त्रिक मर्यादाअनुरूप माग प्रस्तुत गर्न पाइन्छ,” उनले भने, “लामो समयसम्म पढाइ अवरुद्ध हुनेगरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्‍यो । प्राध्यापक संघले होमवर्क गरी समस्या बुझेर समाधानको निकास निकाल्ने गरी पहल गर्नुहोस् ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले सबै विश्वविद्यालयका सेवा आयोग एकै प्रकृतिको भएकाले एकरूपता कायम गर्ने बताए । प्राध्यापकका सेवा–सुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको मन्त्री पौडेलको भनाइ छ । 

विश्वविद्यालय समस्या परेमात्र मन्त्रालयमा आउने गरेको जिकिर गर्दै उनले नियमन संयन्त्र र स्वायतताको स्पष्ट खाका तयार गर्नुपर्ने बताए । 

Global Ime bank

छलफलका क्रममा बुद्धबहादुर थापाले प्राध्यापकको मर्यादा क्रम २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा निस्किसकेको बताउँदै कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरे । 

छलफलका क्रममा प्राध्यापकले सार्कस्तरीय तलबमान बनाउन, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकको निवृत्तभरण उपलब्ध गराउन, स्वास्थ्य सुविधा, शिक्षक अस्पतालजस्तै प्राध्यापक र विश्वविद्यालयका शिक्षक कर्मचारीलाई निजामती अस्पतालभन्दा बेग्लै स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC