देश
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय निर्माणका लागि भूमिपूजन गरिएको छ । सो पुस्तकालय भारत सरकारको ५० मिलियन अमेरिकी डलर अनुदानमा बन्न लागेको हो ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार संयुक्त रूपमा भूमिपूजन गरेका थिए ।
सो अवसरमा उक्त परियोजनाको कार्यान्वयनका लागि शिक्षा मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । कुल ३१.६९ करोडको लागतमा यो पुस्तकालयको निर्माण हुनेछ ।
हालको त्रिवि केन्द्रीय पुस्तकालयको भवन पनि सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८ १३:५१
प्रतिक्रिया दिनुहोस्