site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वसन्तपुर डबली विषयमा मेयर र उपमेयरबीच विवाद 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले हनुमानढोका दरबार क्षेत्र वसन्तपुर डबलीमा बनाइएका कंक्रिट संरचना भत्काउन दबाब दिएकी छिन् ।

उपमेयर खड्गी मंगलबार वसन्तपुर पुगी संरचना अवलोकनपश्चात् कंक्रिट नभत्काए मेयरसँग लफडा हुने चेतावनी समेत दिइन् । 

Agni Group
NIC Asia

मंगलबार उपमेयर खड्गी, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमसहितको टोलीले अनुगमनका लागि वसन्तपुर पुगेको थियो । 

अनुगमनका क्रममा उपमेयर खड्गीले विश्व सम्पदा क्षेत्र विश्वको सम्पदा भएको बताउँदै तुरुन्त भत्काउन आग्रह गरिन् । 
‘‘संवेदनशील विश्व सम्पदा क्षेत्रको कंक्रिट संरचना भत्किनुपर्छ । देशप्रेमी हुने हो भने घर–घरमा झन्डा राखौँ । सम्पदा क्षेत्रमा होइन,” उनले भनिन् । 

Global Ime bank

पुरातत्त्व विभागले यसअघि महानगरलाई कंक्रिट संरचना नबनाउन पत्र काटे पनि महानगरले बेवास्था गर्दै संरचना बनाएको थियो । 

कंक्रिट बन्नुअघि पुरातत्त्वले रोक्कापत्र समेत काटेको थियो । तर, महानगरले त्यसको वास्ता नगरी राष्ट्रिय झन्डा राख्ने प्रयोजनले राता–रात बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu