site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेट्रोलियम पदार्थको मूल्यअनुसार सवारी भाडा स्वचालित बनाउन व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित भाडादर लागु गर्नुपर्ने माग गरेका छन् । 

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा सार्वजनिक यातायातको भाडा पनि स्वत: बढ्ने र घट्दा स्वत: घट्ने स्वचालित प्रणाली लागु गर्न माग गरेको हो ।

महासंघका महासचिव भरत नेपालले वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयसँग स्वचालित भाडाबारे छलफल भइरहेको जानकारी दिए ।

‘‘सार्वजनिक सवारीको भाडादर समायोजनबारे मन्त्रालयसँग छलफल भइरहेको छ । एयरलायन्स लयातका क्षेत्रहरूले स्वचालित रूपमा आफैँ भाडा बढाउँछन् । सार्वजनिक यातायातमा पनि स्वचालित रूपमा बढ्नुपर्ने माग अघि बढाएका छौँ । पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा पटक–पटक भाडा बढाउन माग राख्नु पर्दैन,” महासचिव नेपालले भने ।

स्वचालित प्रणाली लागु गर्ने कि पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडा घटबढ गर्ने भन्ने विकल्पमा छलफल भइरहेको नेपालले बताए ।

‘‘सरकारलाई हाम्रो दबाब स्वचालित भाडादर नै हो । छलफल पछि मन्त्रालयबाट केही निर्णय आउला,” उनले भने ।

सरकारले मागअनुसार भाडा नबढाए महासंघले चैत १ गतेदेखि आन्दोलन गर्ने दिँदै आएको छ ।

पछिल्लोपटक सरकारले गएको कात्तिक १ गतेदेखि लागु हुनेगरी भाडा बढाएको थियो ।  

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ छ भने डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro