काठमाडौं । टीभीएस रेडर १२५ ले भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि हासिल गरेको छ ।
टीभीएस रेडर १२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको जनाइएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अरू पाँच कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हासिल गरेको हो ।
इन्डियन मोटरसाइकल अफ दि इयर उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायकमण्डल गठन गरिएको थियो । निर्णायकमण्डलका सदस्यहरूमा अटो टुडेका एसोसिएट एडिटर राहुल घोष, अटो टुडेका सिनियर स्पेसल करेस्पोन्डेन्ट दिप्यनदत्ता, अटोएक्सका रोड टेस्ट एडिटर शिवांक भट्टलगायत सम्मिलित थिए ।
टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सले सन् २०२१ को नोभेम्बरमा सार्वजनिक गरेको यो बाइक युवामाझ लोकप्रिय छ ।