site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चैतमा बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वाणिज्य बैंकहरूले चैतमा निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् ।

गएको मंसिरदेखि निक्षेपको ब्याजदरमा भद्र सहमति कायम गर्दै ब्याजदर १०.०५ प्रतिशत कायम गरेको बैंकर्स संघले फागुनका लागि प्रकाशित हुने ब्याजदर भने अन्तिम समयमा आएर बढाउने निर्णय गरेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, चैतमा भने माघमा कायम रहेको ११.०३ प्रतिशत ब्याजदरलाई नै यथावत् राख्ने बैंकर्स संघका एक कार्यकारी सदस्यले बताए । व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर तोक्दा संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत र नवीकरणमा अधिकतम १०.१३ प्रतिशत दिन पाउनेछन् ।

नेपाल राष्ट्र बैंकले बचतको न्यूनतम ब्याजदर र मुद्दती निक्षेपको  अधिकतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत तोकेकोले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिने बैंकले बचतमा ६.०३ प्रतिशत न्यूनतम ब्याजदर दिनुपर्ने हुन्छ ।

Royal Enfield Island Ad

रेमिट्यान्स निक्षेपको हकमा भने बचत र मुद्दतीमा प्रकाशित ब्याजदरमा १ प्रतिशत थप अथवा १२.०३ प्रतिशत ब्याजदर पुग्नेछ । यता, कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशतसम्म ब्याजदर दिन पाइनेछ ।

बैंकहरू फागुनमा नै पनि निक्षेपको ब्याजदर बढाउन तयार नभए पनि राष्ट्र बैंकको निर्देशनमा ब्याजदर बढाउन बाध्य भएका थिए । तर, ब्याजदर वृद्धिपछि पनि निक्षेपमा सकारात्मक प्रभाव नपर्दा चैतमा भने निक्षेपको ब्याजदर यथावत् राख्ने सहमति भएको बैंकर्स संघले जनाएको छ ।

वाणिज्य बैंकले निक्षेपको ब्याजदर यथावत् राख्दा विकास बैंक र वित्त कम्पनीले पनि यथावत् राख्नेछन् ।

फागुनमा नै बैंकहरूले माघमा १०.०५ प्रतिशत रहेको ब्याजदर बढाएर ११.०३ प्रतिशत पुर्‍याउँदा बैंकहरूको लागत बढिसकेको छ । जसले गर्दा वैशाखबाट लागु हुने नयाँ बेसरेटमा भने कर्जाको ब्याजदर बढ्ने अवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro