site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रीय कमिटी बैठक सुरु
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक वत्तिसपुतलिस्थित अनुपम फुडल्याण्डमा बसिरहेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो । 

Agni Group
NIC Asia

आजको बैठकमा पदाधिकारीहरूको टुंगो लगाउने विषयमा छलफल हुने नेताहरू बताउँछन् । गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन अध्यक्ष बाहेकका पदाधिकारी चयन नै नगरी टुंगिएको थियो ।

माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय