काठमाडौं । नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अरू सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले नोबेलले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेकोभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेको आरोप पनि लगाए । त्यो आफूहरूलाई कदापि मान्य नहुने उनीहरूको भनाइ थियो ।
पत्रकार सम्मेलनमा विद्यार्थीहरूले उक्त मेडिकल कलेजमा आफूहरूको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यका नीति, नियम र निर्देशन पालन नहुने भएकाले आफूहरूलाई अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका हुन् । उनीहरू गएको मंसिर २८ गतेदेखि निरन्तर आन्दोलनरत छन् ।