राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा बसेको बैठकमा प्रचण्डले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको भए सभामुख, माधवकुमार नेपालसहित १४ पद धरापमा पर्ने बताएका छन् ।
“एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ को पद बच्यो । गठबन्धन पनि जोगियो,” प्रचण्डले ब्रिफिङमा भनेका छन्, “एमाले र कांग्रेसको गठबन्धन बन्न लागेको थियो, त्यो भत्कियो ।”
उनले एमसीसी सत्ता गठबन्धनबाटै पास हुँदा गठबन्धन चुनावमासमेत कायम हुने अवस्था निर्माण भएको बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८ १७:२१
प्रतिक्रिया दिनुहोस्