देश
![काठमाडौं उपत्यकामा २,२९० जना सक्रिय संक्रमित](https://12khari.top/uploads/posts/corana-ktm1620043644.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा १८, भक्तपुरमा २ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार २९० पुगेको छ ।
आज देशभर ७ हजार ३४९ जना होम आइसोलेसनमा, १६८ जना संस्थागत आइसोलेसनमा, ६१ जना आईसीयूमा र १० भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८ १७:११
प्रतिक्रिया दिनुहोस्