अर्थ व्यवसाय
काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा छुट पाउने भएका छन् । उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा बैंकका ग्राहक तथा परिवारले विशेष छुट तथा सहुलियत पाउनेछन् ।
उक्त अस्पतालले बैंकको एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधि खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने जनाइएको छ ।
समझदारीपत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ १५:१२
प्रतिक्रिया दिनुहोस्