राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने निर्णय गरेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
एमसीसी संसद्मा टेबल भइसकेको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
अमेरिकाले संसद्बाट एमसीसीको विषय टुंगो लगाउन दिएको समयसीमा भोलि सकिँदै छ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ ११:३२
प्रतिक्रिया दिनुहोस्