site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जबरजस्ती एमसीसी टेबल गरिएकोप्रति हाम्रो गम्भीर आपत्ति छ : महरा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सरकारले जबरजस्ती एमसीसी सम्झौता संसद्मा पेस गरेको बताएका छन् ।

आइतबार साँझ एक विज्ञप्तिमार्फत नेता महराले राष्ट्रिय सहमति नगरी र सत्तारूढ दलभित्रै एकरूपता नहुँदानहुँदै जबरजस्ती संसद्मा एमसीसी पेस भएकोप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"सत्तारूढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रूपमा संसद्मा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबरजस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको छ । देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरूबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारूढ दलभित्रै एकरंपता नहुँदानहुँदै जबरजस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ," महराले भनेका छन् ।

उनले एमसीसी सम्झौताको विरोधमा उत्रिएका आन्दोलनकारीहरूमाथि प्रहरीलर् गरेको हस्तक्षेपको निन्दा गरेका छन् । उनले घाइतेहरूको उपचारको व्यवस्था गर्न तथा उपचारमा लाग्ने सबै खर्च बेहोर्न पनि सरकारसँग माग गरेका छन् ।

Global Ime bank

No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय