site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विदेशीसँग भेट्दा कूटनीतिक आचारसंहिताको पालना गरौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका नेता तथा कर्मचारीहरूले विदेशीहरूसँग भेट्दा कूटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए । उनले नेपालका नेताहरूले विदेशी भेट्दा परराष्ट्र मन्त्रालयको ब्रिफिङ नलिने गरेको र कुनै तयारी नगर्ने गरेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले विदेशी कूटनीतिक नियोग वा राजनीतिक व्यक्तिहरूसँग भेट्दाखेरी परराष्ट्र मन्त्रालयलाई जानकारी दिनुपर्ने बताए । परराष्ट्र मन्त्रालयको ब्रिफिङ लिएर र मन्त्रालयको कर्मचारीको उपस्थितिमा भेटघाट गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले नेपालको कूटनीतिक आचारसंहिता पालनामा कमजोरी रहेको उल्लेख गरे । कूटनीतिक आचारसंहिता, २०६८ पालना गरेर मात्रै भेटवार्ता गर्न आग्रहसहितको राजनीतिक दलहरूलाई पत्र पठाइएको पनि उनले बताए ।

Global Ime bank

"म कूटनीतिक आचारसंहिताको पालनामा जोड दिन चाहन्छु । यो कुरामा हामीले धेरै पटक ध्यान दिइयो । हाम्रो के छ भने विदेशीहरूसँग भेट्दा आफ्नो सरकारको परराष्ट्र मन्त्रालयको ब्रिफिङ पनि नलिने । हामीले के गर्नुपर्छ ? उहाँहरूले के कुरा गर्ने सम्भावना छ ? त्यसलाई हामीले नेपालको हितमा कसरी जवाफ दिइन्छ भन्नेबारेमा सबै उच्चस्तरीय भेटघाटमा, चाहे राजनीतिक पार्टीका नेताहरू होस् । चाहे सरकारका विभिन्न निकायका प्रमुख र जिम्मेवार व्यक्तिहरूले होस् । विदेशी कूटनीतिक नियोग वा राजनीतिक व्यक्तिहरूसँग भेट्दाखेरी परराष्ट्र मन्त्रालयको जानकारीमा, परराष्ट्र मन्त्रालयको ब्रिफिङमा र हाम्रो परराष्ट्र मन्त्रालयको कर्मचारीको उपस्थितिमा भेटघाट गर्नुपर्ने आवश्यकता छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement