काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अनुमोदनका लागि आज संसद्मा टेबल हुने बताएका छन् ।
बाह्रखरीसँग माओवादी केन्द्रका एक नेताले एमसीसी टेबल गर्न पार्टीमा सहमति जुटेको दाबी गरे । तर, टेबल गर्न दिए पनि पक्षमा भने मतदान नगर्ने ती नेताको भनाइ छ ।
“एमसीसी आज संसद्मा टेबल हुन्छ । अहिले गठबन्धनलाई जोगाउन टेबल गर्न दिने, टेबुल भए पनि पक्षमा मतदान गर्दैनौँ । त्यसपछि के हुन्छ हेर्दै जाने भन्ने छ,” ती नेताले बाह्रखरीसँग भने ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने नेताहरू बताउँछन ।
सत्ता गठबन्धनकै अर्को दल नेकपा (एकीकृत समाजवादी)ले पनि शनिबार एसमसीसी संसद्मा टेबल गर्न दिने तर यथास्थितिमा पारित हुन नहुने निर्णय गरको थियो ।