site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वैदेशिक रोजगार बोर्ड पनि एनपीआईमा आवद्ध
Siddhartha BankSiddhartha Bank

काठमाडौं । वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा जोडिएर भुक्तानीहरू पूर्ण स्वचालित रूपमा गर्न दुई संस्थाबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बोर्डका तर्फबाट कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त सम्झौतापछि बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडी सोझै लाभग्राहीहरूको बैंक खातामा भुक्तानी गर्न सक्नेछ । यसले वैदेशिक रोजगारीमा अपाङ्गता अथवा मृत्यु भएका कामदारहरूको क्षतिपूर्तीको भुक्तानी, भेन्डर भुक्तानी, लगायत सम्पूर्ण भुक्तानीहरू पूर्ण स्वचालित रूपमा हुनेछ ।

सम्झौताअघि सम्पूर्ण भुक्तानी कारोबारहरू चेकमार्फत गरिन्थ्यो । यसले बोर्डको सेवा प्रवाहमा उल्लेख्य सुधार आउनुका साथै पीडित परिवारले सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement