site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा ११ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ । गएको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार १०० र चाँदी ३० रुपैयाँले बढेको छ ।

गएको शुक्रबार प्रतितोला एक लाख ४८ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आजका निम्ति एक लाख ४९ हजार ६०० कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार हुनेछ । रासस

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्