site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि लोडसेडिङ हुन सक्छ ? प्राधिकरण भन्छ– चैतपछि समस्या पर्न सक्छ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । केही दिनयता नेपालमा फेरि लोडसेडिङ हुने सूचना आइरहेका छन् ।  सूचनामात्रै होइन उद्योगीहरूले आफूहरुले अहिले ८ देखि १० घण्टा दैनिक लोडसेडिङ खेप्नु परिरहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले पनि उद्योगहरुमा लोड कटौती हुने सूचना जारी गरिसकेको छ ।

प्राधिकरणले नै सूचना जारी गरेर लोडसेडिङ हुने भनेपछि त्यसले आम मानिसमा समेत यो हिउँदमा हामी फेरि लोडसेडिङ भोग्न बाध्य हुनुपर्ने हो त भन्ने चिन्ता थपिएको छ ।  १८ घण्टे लोडसेडिङ भोगेका उपभोक्ताहरु प्राधिकरणले सूचना निकालेपछि केही चिन्तित छन् ।

अघिल्ला वर्षहरुमा पनि उच्च माग हुने समयमा प्राधिकरणले उद्योग सञ्चालन नगर्न सूचना निकाल्ने गरेको थियो ।  यो वर्ष भने ‘ब्याक अप’को रुपमा रहेको माथिल्लो तामाकोसी आयोजनामा क्षति पुगेसँगै लोडसेडिङमा बस्नुपर्ने हो कि भन्ने चिन्ता थपिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

४५६ मेगावाटको सञ्चालनमा आएको देशकै ठूलो आयोजनामा असोज ११ बाढीले क्षति पु¥याएको थियो । माथिल्लो तामाकोसीबाट हिउँदको समयमा ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्थ्यो । 

४५६ मेगावाटको तामाकोसीसहित अन्य केही आयोजनामा बाढीले क्षति बनाएका कारण अघिल्ला वर्षको हिउँदभन्दा यसवर्ष केही समस्या हुने देखिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन् ।

Royal Enfield Island Ad

प्राधिकरणको केन्द्रीय प्रणालीको जडित क्षमता ३४०३ मेगावाट पुगेको छ ।  तामाकोसीसहितका आयोजनामा समस्या हुँदा तथा १० प्रतिशत आयोजनामा कुन नै कुनै समस्या आइरहने हुँदा करिब २५–२६ सय मेगावाट प्रणालीमा उपलब्धता रहेको घोष बताउँछन् । 

हिउँद लागेसँगै पानी सुक्न थालेपछि प्रणालीमा करिब १३ सय मेगावाट मात्रै विद्युत् उपलब्ध हुन थालेको घोष बताउँछन् । 

“हाल प्रणालीमा करिब १३ सय मेगावाट जति उपलब्ध छ । यो प्रत्येक दिन घट्दो अवस्थामा छ । कालीगण्डकीको एउटा युनिट चलेको छैन,” घोष भन्छन् ।

उनका अनुसार, सबै पानीको बहावमा आधारित आयोजना भएका कारण हिउँदमा पानी सुक्दै गएका छन् ।  अघिल्लो वर्ष ८ सय मेगावाटको हाराहारीमा झरेको थियो । यसवर्ष १ हजारको हाराहारीमा स्वदेशी उत्पादन आउँछ भन्ने अनुमान छ ।

पीक समयको लोड २ हजारको हाराहारीमा तथा उत्पादन १ हजारमात्रै एवं जलाशययुक्त कुलेखानीका तीन विद्युत् गृहबाट १३२ मेगावाट उत्पादन हुँदा पनि ८ सय मेगावाटको हाराहारीमा अपुग हुन्छ ।  यसअघि नै माथिल्लो तामाकोसी नआउन्जेल उद्योगमा लोड कटौती हुने प्राधिकरणले सार्वजनिक सूचना निकालेको छ । भारतले केही समस्या परेर विद्युत् नदिएको खण्डमा लोडसेडिङ हुनेछ । 

के छ लोड व्यवस्थापनको योजना ?

प्राधिकरणको पुस ४ गतेको उच्चतम माग १८३० मेगावाट छ । जडित क्षमता ३४ सयमाथि र माग २ हजार समेत नहुँदा पनि भारतले बिजुली नदिए नेपालमा लोडसेडिङ हुने देखिन्छ ।  भारतले मार्च १५ सम्मलाई बेलुकाको उच्च माग हुने समय ५ देखि ९ सम्म बिजुली नदिने भएको छ । 

यस्तो अवस्थामा प्राधिकरणसँग लोड कसरी व्यवस्थापन गर्ने भन्ने कुनै योजना छैन ।  भारतबाट मार्च १५ सम्म ६५४ मेगावाट आपूर्तिको सम्झौता भएपनि मार्च १५ पछि सोलार आवरमा मात्रै बिजुली दिने सम्झौता छ । 

मार्चदेखि जुन १५ सम्म तीन महिनामा घरायसी ग्राहकले समेत लोड सेडिङको मार खेप्ने सम्भावना देखिन्छ । असोज १७ गते बंगलादेशसँग ४० मेगावाट विद्युत् निर्यातको सम्झौताको बेला भारतसँग पनि हिउँदको लोड व्यवस्थापन गर्न प्रतिमेगावाट ७.५ रुपैयाँ भारतीय रुपैयाँमा २३० मेगावाटको सम्झौता समेत गरेको थियो । 

यो सम्झौता फेब्रवरीदेखि मेसम्मलाई केही भरथेग गर्ने देखिन्छ । भारतले सोलार आवारमा मात्रै दिने समयमा भने समस्या पर्ने प्राधिकरण बताउँछ । अर्थात् उक्त समयमा पीक आवरमा ग्राहस्थ तर्फ समेत विद्युत् कटौती हुन सक्छ ।

भारतबाट नआए के गर्ने ?

प्राधिकरणले भारतबाट तीन प्रकारले बिजुली आयात गर्ने गरेको छ । भारतीय ऊर्जा बजार (आइइएक्स), बिहारको पावर एक्सचेन्ज कमिटी (पीइसी) तथा पावर पर्चेज एग्रिमेन्ट गरी तीन प्रकारबाट आयात गर्ने गरेको छ । आइइएक्सबाट ढल्केबर–मुजफ्फपुरबाट ६ सय तथा टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट आयात गरिहरेको छ । टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ । 

यस्तै बिहार र उत्तर प्रदेशसँग जोडिएका १३२ केभी प्रसारण अन्र्तगत न्यू नौतनुवा–मैनहिया, कटैया–कुशाहा, रामनगर–गण्डक, रक्सौल–परवानीपुरबाट बिहारको पावर एक्सचेन्ज कमिटी (पीइसी)ले स्वीकृति दिएको अवस्थामा आयात गर्न मिल्ने छ । यसको मूल्य ७.९८ भारतीय रुपैयाँ पर्छ । गत वर्ष बिहारले आफूलाई नै नपुगेको हुँदा नेपालमा विद्युत् पठाएन । बिहारले नदिएपछि औद्योगिक क्षेत्रमा बेलुका विद्युत् कटौती भएको थियो ।  

लोड व्यवस्थापनमा सबैभन्दा चुनौती मार्च १५ पछि पर्ने प्राधिकरण प्रवक्ता घोष बताउँछन् ।  उक्त समयमा उद्योगहरुमा लोड कटौती गर्ने प्राधिकरणले जनाएको छ ।  भारतले सोलार आवरबाहेकको समयमा पनि बिजुली नदिए यसवर्ष ग्राहस्थ वर्गमा समेत कटौती हुन सक्ने ऊर्जा विज्ञहरु बताउँछन् । 

वर्षायाममा पूर्ण रुपमा उत्पादन भएपनि हिँउदमा एकतिहाइ मात्रै उत्पादन हुन्छ । गत वर्षाको हिउँदमा प्राधिकरणको केन्द्रीय प्रणालीमा करिब २८ सय मेगावाट जडित क्षमता रहेपनि उत्पादन भने ८ सय मेगावाटको हाराहारीमा मात्रै थियो । 

निजी क्षेत्र र प्राधिकरणको गरी ८ सय मेगावाटको हाराहारीमा उत्पादन भएको हिउँदको बिजुलीमा भारतबाट आयात तथा कुलेखानी र माथिल्लो तामाकोसी आयोजनाले भरथेग गरेको थियो । 

यसवर्षको हिउँदमा प्राधिकरणले १ हजार मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको छ । प्राधिकरणकै प्रक्षेपणले पनि भारतले थप समय नदिए उच्च माग हुने समयमा लोडसेडिङ हुन सक्ने जानकारहरु बताउँछन् ।

यसवर्ष हिउँदमा वर्षा कम हुन्छ : विभाग

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँद अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाउँछ । विभागले मंसिर १६ देखि फागुन १६ गतेसम्म तीन महिनाको हिउँद अवधिको हावापानीको आँकलनअनुसार, यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत जनाएको छ ।

विभागको मौसम भविष्यवाणीले पनि यस वर्ष कम वर्षाको सम्भावना देखाउँछ । यसले प्राधिकरणलाई लोड कसरी व्यवस्थापन गर्ने चिन्ता बढिरहेको घोष बताउँछन् । 

प्राधिकरणसँग यसवर्ष माथिल्लो तामाकोसीको ६ घण्टे व्याकअप समेत छैन । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्‍याएको थियो । 

हिउँदको व्याकअपको रुपमा रहेको ठूलो आयोजना क्षतिलाई जतिसक्दो चाँडो निर्माणको लागि प्रयासरत रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

हिउँदयाममा विद्युतगृह चलाउन नसकेमा आन्तरिक रुपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिने हुँदा यसलाई चाँडोभन्दा चाँडो सक्न प्राधिकरण लागि परेको प्राधिकरण बताउँछ ।

“आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले  आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पीक समय)को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिसमेत आयात गर्न अनुमति पाएका छैनौं, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउने छ,” घिसिङले भने ।

भारतले नेपालका लागि उच्च माग हुने समयमा विद्युत् उपलब्ध गराएको छैन । प्राधिकरणका अनुसार, नेपालमा उच्चतम बिजुली माग हुने समय भनेको बेलुका ५ देखि ९ हो । सोही समयमा भारतले नेपालमा बिजुली दिन नसक्ने बताएको छ । 

भारतले नोभेम्बर १९ देखि मार्च १५ सम्म  दिनको २० घण्टा (बेलुकी ५ देखि ९ सम्म)  का लागि ६५४ मेगावाट नेपालले किन्न सक्ने स्वीकृति दिएको छ । 

“नोभेम्बर १९ देखि मार्च १५ सम्मको लागि दैनिक २० घण्टा आयात गर्न पाउने स्वीकृति पाएका छौं,” नेपाल विद्युत् प्राधिकरण अन्र्तगत व्यापार विभागका निर्देशक राजन ढकालले भने, “मार्च १५ पछि सोलार आवर (घाम लाग्ने समय) का लागि मात्रै अनुमति प्राप्त भएको छ । सोलार आवरबाहेकको समयमा बिजुली नआए समस्या पर्न सक्छ ।”

चैत २ देखि (मार्च १५) घाम लाग्ने समयमा मात्रै बिजुली दिने भएपछि प्राधिकरणको मुख्य समस्या त्यहीबाट सुरु हुने ढकाल बताउँछन् । चैतको सुरुबाटै सोलार आवारमा मात्रै बिजुली आयात गर्न पाउने भएपछि प्राधिकरणको लोड व्यवस्थापन उक्त समयमा निकै कठिन हनेछ । 

प्राधिकरणले स्वदेशी उत्पादनले नधानेको भन्दै ३५० मेगावाटको हाराहारीमा विद्युत् आयात गरिरहेको छ । उत्पादन घट्दै जाँदा आयात बढ्दै जाने प्रवक्ता घोष बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro