site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाजुरा भूकम्प : १५ घर पूर्ण क्षति, १५० मा आंशिक

काठमाडौं । बाजुरामा शनिबार बिहान गएको भूकम्पमा परी करिब १५ घर पूर्ण क्षति भएको छ । करिब १५० घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सबैभन्दा बढी क्षति भूकम्पको केन्द्रविन्दु रहेको जगन्नाथ गाउँपालिका–५, गोत्री दर्जीटोलमा भएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“१५/२० घर पूर्ण क्षति (भत्किएको) र १५० भन्दा बढी घर आंशिक रूपमा चर्किएका, सामान्य क्षति छ भन्ने विवरण आएको छ,” उनले बाह्रखरीसित भने, “पूर्ण क्षति भएका १५/२० घरमा मान्छे बस्नै नमिल्ने छ ।” मानवीय क्षति नभएको उनले जानकारी दिए ।

पूर्ण र आंशिक क्षति भएका घरको यकिन संख्या ठ्याक्कै भन्न सकिने अवस्था तत्काल नरहेको उनले बताए । उक्त क्षेत्र दुर्गममा रहेको र सबै ठाउँको स्थलगत अध्ययनको विवरण प्राप्त भइनसकेको उनको भनाइ छ ।

वडा, पालिका, प्रहरी प्रशासनलगायत निकाय उद्धार कार्यमा खटिएका र भूकम्पपछिको आवश्यक कार्य भइरहेको उनले बताए ।

आंशिक क्षति भएकै कतिपय घरमा मानिस बसेका छन् । पूर्ण क्षति भएका घरका परिवारका सदस्य भने कोही खुला जमिनमा, आफन्त, आफ्नै अर्को घर वा गोठमा बसेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुरा प्रहरीले पनि पूर्ण क्षति भएका घरको संख्या १२/१४ हुन सक्ने जनाएको छ । भूकम्प प्रभावित सबै क्षेत्रमा प्रहरी पुगिसकेको छैन । सबै क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेपछि यकिन विवरण भन्न सकिने प्रहरीले जनाएको छ ।

शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro