site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल हुन सक्ने
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ । यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले आजको बैठकमा एमसीसी टेबल हुने बताएका छन् । नेपाली कांग्रेसको हिजो बसेको संसदीय दलको बैठकमा देउवाले तत्कालीन नाफा–घाटा नहेरी एमसीसी टेबल गर्ने बताएका थिए ।

मंगलबारकै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता डा. प्रकाशशरण महतले आजको बैठकमा एमसीसी टेबल हुने बताएका थिए ।

Global Ime bank

संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । त्यसमा पनि संसद् बैठकका कार्यसूचीलगायत विषयमा छलफल हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ०५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement