site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन मन्त्री आलेको निर्देशनपछि हट्लान् पशुपति क्षेत्रका टहरा ?
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । माघ १६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले पशुपति क्षेत्रभित्र बनाइएका अस्थायी टहरा र पसल १५ दिनभित्र हटाउन निर्देशन दिए । 

मन्त्री आलेको निर्देशनपछि पशुपति क्षेत्र विकास कोषले १५ दिनभित्र पसल र टहरा हटाउन व्यवसायीहरुलाई अल्टिमेटम दिएको छ । 

कोषले यसअघि पसल र टहरा हटाउन कैयौँपटक ताकेता गर्दै आएको छ । तर पशुपति क्षेत्रबाट पसल र टहरा हट्न सकेका छैनन् । कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार १५ दिनभित्र हटाउन दिइएको अल्टिमेटम प्रक्रियामा रहेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘‘पसल र अस्थायी टहरा हटाउन १५ दिनको म्याद दिइएको छ । हामीले ताकेता गरिरहेका छौँ । कोषले अल्टिमेटम दिएको पहिलो पटक भने होइन । पटक–पटक यस्ता अल्टिमेटम दिँदै आएका छौँ । यसपल्ट मन्त्रीकै निर्देशन भएकाले हटाउन थप सहयोग पुग्नेछ,” उनले भने । 

कोषले यसअघि उक्त संरचनाहरु हटाउन पटक पटक ताकेता दिँदै आए पनि हटाउन सकेको थिएन । प्रवक्ता अधिकारीले मन्त्री आलेको निर्देशनमा थप सूचना दिएर व्यवसायीलाई हटाउन भनिएको बताए । ‘‘सहमतिमा छोड्ने एउटा पाटो रहन्छ भने अर्को प्रशासनिक पाटोबाट हटाउने भन्ने प्रक्रिया छ । पशुपति क्षेत्रलाई शोभनीय राख्नुपर्छ भन्ने कुरा मुख्य विषय हो,” प्रवक्ता अधिकारीले भने । 

Royal Enfield Island Ad

कोषले मन्त्री आलेको निर्देशनमा अव्यवस्थित फुल पसल र अस्थायी टहरा हटाउन स्पस्ट पारेको छ । 

कोषका अनुसार हाल पशुपति क्षेत्रमा २५० भन्दा बढी पसल र स्थायी टहराहरु सञ्चालित छन् । 

कोषको मापदण्डविपरीत स्वीकृति नलिइ बनाइएका पसल र टहराहरु हटाउन मन्त्रीको निर्देशन बमोजिम अघि बढेकाले थप सहज भएको कोषले जनाएको छ । 

कोषले पशुपति क्षेत्रमा गोलाप्रथाबाट पसल र टहरा राख्ने अनुमति दिँदै आएको छ । अनुमतिअनुसार सञ्चालन भइरहेका पसलहरुलाई थप व्यवस्थित बनाउँदै लैजाने कोषको तयारी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro