देश
काठमाडौं । काठमाडौंको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । स्थानीय तीन वर्षीय श्रीयन पाण्डेको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबार राति साढे ९ बजे धापासीस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
सडकमा खेल्दै गरेका उनलाई हिजो बेलुका करिब सवा ८ बजे बा१७च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो । कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८ ०८:५९
प्रतिक्रिया दिनुहोस्