site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमपात र वर्षा : मौसमविद् भन्छन्– आइतबारबाट मौसममा सुधार आउँछ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । देशका विभिन्न ठाउँमा हिमपात र वर्षा भइरहेको छ । विभिन्न क्षेत्रमा भारी हिमपात र वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ । अरु दिनको तुलनामा आज तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विहीबार रातिदेखि सुदूरश्चिम प्रदेश, कर्णाली प्रदेश र वाग्मती प्रदेशमा भारी हिमपात र वर्षा भएको छ । हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विभिन्न क्षेत्रमा मेघ गर्जनसहित चट्याङ परेको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेश, मधेस प्रदेशलगायतका क्षेत्रमा पानी पर्नुका साथै हावाहुरी चलिरहेको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले पश्चिमी न्यूनचापीय प्रणालीका कारण काठमाडौं उपत्यकाका डाँडाकाँडा, चितवन, जुम्ला, रुकुमपश्चिमलगायत क्षेत्रहरुमा भारी हिमपात भएको जानकारी दिए ।

Royal Enfield Island Ad

‘‘आइतबारपछि क्रमिक रुपमा मौसममा सुधार आउँदै जाने देखिएको छ । गएरातिदेखि भएको वर्षाले तापक्रम केही घटेको छ । शनिवार र आइतबार केही तापक्रम घट्ने अनुमान छ । त्यसपछि मौसममा सुधार आएपछि केही तापक्रम वृद्धि हुँदै जानेछ,” उनले भने ।

आइतबारदेखि पूर्वी नेपाल हुँदै पश्चिमी न्यून चापीय प्रणाली निष्कृय हुँदै  जाने र मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro