site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राखेपको नेतृत्व विवादका कारण खेल क्षेत्र ठप्प नबनाउन माग (तस्बिरसहित)
SkywellSkywell

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिव नहुँदा सम्पूर्ण खेल क्षेत्र ठप्प भएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषदको कर्मचारी संघले बिहीबार खेलकुदलाई चलायमान बनाउन माग गरेका छन् । 

नयाँ खेलकुद ऐनमा राखेपको सदस्यसचिव नभए पनि काम कारबाही अगाडि बढाउने व्यवस्था रहेको तर युवा तथा खेलकुद मन्त्रालयले चासो नदेखएको भन्दै तीन संघले विरोध जनाएका थिए । राखेप परिसरमा बिहीबार खेलाडी तथा कर्मचारीले विरोध प्रदर्शन गरेका हुन् । 

Dabur Nepal
NIC Asia

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र राखेप परिसरमा आयोजित आन्दोलनमा विभिन्न खेलका खेलाडी, प्रशिक्षक, खेलकर्मी तथा कर्मचारीको उपस्थिति थियो । खेलाडीहरूले दुई हातमा कालो पट्टीले बाधेका थिए । उनीहरूले सदस्यसचिव विवादबारे सर्वोच्च अदालतमा परेको रिटको किनारा लगाउन सम्मानित अदालतसमक्ष आग्रह गर्दै परिषद्को कामकारबाही नियमित सुचारु राख्न ऐनअनुसार व्यवस्था गर्न मन्त्रालयको ध्यानाकर्षण गरेका थिए ।

सरकारले तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेर गत मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । तर, सिलवालले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

त्यसपछि खेलकुद ठप्प भएको छ । नवौँ राष्ट्रिय खेलकुद हुने नहुने सुनिश्चित भइसकेको छैन । जसले गर्दा एसियन गेम्स र दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी प्रभावित बनेको छ भने खेलाडी तथा कर्मचारीको तलब रकम पनि रोकिएको छ । 

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu