राजनीति
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बसिरहेको छ ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची छ ।
सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेसँगै एमालेमा तयारीका विषयमा छलफल गर्न लागिएको हो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आधिकारिक वेबसाइटको अध्यावधिक भर्जन सार्वजनिक गरेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८ १४:४५
प्रतिक्रिया दिनुहोस्