site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वैशाखमै चुनाव भएपनि सामना गर्छौं, गठबन्धन फुटाउने ओलीको प्रयास सफल हुन दिन्नौँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले चुनावबाट आफूहरू नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आगामी चुनावसम्म सत्तारूढ गठबन्धन कायम रहने दाबीसमेत गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारूढ गठबन्धन फुटाउन चर्को रूपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताए । 

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरू सत्तारूढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि दाबी गरे ।

"चुनावसँग हामी आत्तिएका छैनौँ । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौँ । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ । असारमा गर्ने हो भने सामना गर्न तयार छौँ । असोजमा गर्ने हो भने सामना गर्न तयार छौँ । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ । केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ, उनले भने ।

उनले कांग्रेस नेताहरूले गठबन्धन चुनावसम्म कायम राख्नुपर्ने प्रतिवद्धता जनाएको दाबी समेत गरे । "कांग्रेसका सबै नेताहरूले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता व्यक्त गर्नु भएको छ । स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिवद्धता व्यक्त गर्नु भएको छ," उनले भने ।

उनले अगाडि भने,"गठबन्धन टुटोस् भन्ने चाहना राख्नेहरू पनि छन् । गठबन्धन टुटाउन सके हुन्थ्यो भन्ने खोजिरहेकाहरू पनि होलान् । त्यस मामलामा सबैभन्दा चर्को रुपमा केपी ओली आफैँ लागेका छन् । अनेक खालको भ्रम दिएर, अनेक खालको पासाहरू फालेर उनले दाउपेचहरू दिइरहेका छन् । यो कुनै दाउपेचले चल्नेवाला छैन," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro