site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सात घन्टा विद्युत आपूर्ति बन्द हुँदा तीन देशका लाखौँ मानिस प्रभावित
Sarbottam CementSarbottam Cement

नुरसुल्तान । तीनवटा एसियाली मुलुकका सहरहरूमा अचानक विद्युत आपूर्ति रोकिएपछि लाखौँ मानिस लामो समय ब्ल्याकआउटको मारमा परेका छन् । किर्गिज्स्तान, उज्वेकिस्तान र कजाखस्तानका विभिन्न सहरले सेयर गर्ने पावर लाइन काटिएको थियो । 

विद्युत आपूर्ति रोकिएको कारण व्यापक रूपमा ट्राफिक जाम हुनुका साथै विमानस्थलमा उडान लगायत अन्य सार्वजनिक यातायातमा ढिलाइ भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यी तीनवटा विघटित सोभियत संघका पूर्व गणराज्यमा सात घन्टा विद्युत आपूर्ति रोकिएको थियो ।

उज्वेकिस्तानको ऊर्जा मन्त्रालयले एउटा ठूलो दुर्घटनाको कारण यो समस्या आएको बताएको छ । यी तीनैवटा मुलुकको एक आपसमा जोडिएको पावर ग्रिड कजाखस्तानबाट जाने सोभियत कालिन पावर लाइन मार्फत जाने रसियाको नेटवर्कसँग जोडिएको छ । 

Global Ime bank

रोयटर्सका अनुसार विद्युत समस्या प्रभावित क्षेत्रका थुप्रै वासिन्दा खानेपानी, हिटिङ, पेट्रोल पम्प र इन्टरनेट सेवाबाट बन्चित हुनपुगेको जनाएको छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय