देश
काठमाडौं । काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागु नहुँदै सवारी चाप घट्न थालेको छ । कोरोना महामारी रोकथाममा सरकारले चरणवद्ध रुपमा कदम चाल्दै आउँदा सवारी चाप घटेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सडकमा सवारी चाप घटेको जनाएको छ ।
महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने, ‘‘सडकमा सवारी चाप घटेको छ । संक्रमण बढ्दो छ । यस्तो अवस्थामा बढ्नसक्ने संक्रमणलाई मध्यनजर गर्दै मापसे चेकिङको निरन्तरता घटाइएको छ । यद्यपि, मापसे चेकिङ गर्न छोडेका होइनौँ ।”
आज राति १२ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुँदै छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८ १५:०८
प्रतिक्रिया दिनुहोस्