site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘लिपुलेक–कालापानी क्षेत्रमा भारतले सडक निर्माण गर्दा सरकार मौन बस्नु रहस्यमय’
Siddhartha BankSiddhartha Bank

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको भन्दै आपत्ति जनाएको छ । कालापानी लिपुलेक नेपाली भूमि भएको भन्दै राप्रपाले आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने बताएको छ । 

“नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ,” राप्रपाले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कालापानी लिपुलेक नेपाली भूमि हो । आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।” 

Agni Group
NIC Asia

भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय भएको राप्रपाको ठहर छ ।

“नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँगग कुटनैतिक र राजनीतिक तहको संवादमार्फत तत्काल निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरि समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ,” विज्ञप्तिमा उल्लेख छ । 

Global Ime bank

No description available.

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय