site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कञ्चनपुरमा एकै दिन कोरोनाबाट १२८ सङ्क्रमित 
Siddhartha BankSiddhartha Bank

कञ्चनपुर । यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने छन् । 

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पीसीआर परीक्षणबाट आठ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

भीमदत्त नगरपालिकाका १२, दोधोरा चाँदनी नगरपालिकाका दुई, बेदकोट नगरपालिका दुई, बेलौरी नगरपालिकाका एक, शुक्लाफाँटा नगरपालिकाका तीन, पुनर्वास नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक र गडडाचौकी हुँदै भारतबाट फर्केका १०५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । 

एक हप्ताको अवधिमै यहाँ कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५५८ पुगेको छ । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement