राजनीति
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग परामर्श गर्ने भएको हो ।
छलफलका लागि आयोगले शुक्रबारका लागि १७ वटा राजनीतिक दललाई बोलाएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले जानकारी दिए ।
उनका अनुसार माघ १२ गतेका लागि तय गरिएको राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र स्थानीय तहको आगामी निर्वाचन गरी तीनवटा विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८ ०६:४५
प्रतिक्रिया दिनुहोस्