site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको प्रश्न– लिपुलेकमा भारतले सडक विस्तार गरिरहँदा सरकार किन मौन ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)ले भारत सरकारले नेपाली भूमि लिपुलेकमा 'सडक विस्तार गरिरहेको'प्रति विरोध जनाएको छ ।एमालेको परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गरेर भारतले गरिरहेको सडकसहितका संरचना निर्माण रोकिनुपर्ने र वार्ताको माध्यमबाट समस्या समाधान गरिनुपर्ने बताएका छन् ।

"नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ । सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ," विज्ञप्तिमा भनिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

राष्ट्रियतासँग जोडिएका गम्भीर विषयमा सरकार मौन रहँदा अनेकौं प्रश्न जन्माएको भट्टराईले बताएका छन् । 

उनले भारत सरकारसँग तत्काल गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भू-भागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न पनि माग गरेका छन् ।

Royal Enfield Island Ad

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डिसेम्बर ३० मा उत्तराखण्डको एक चुनावी सभालाई सम्बोधन गर्दै लिपुलेकमा सडक विस्तारको काम भइरहेको बताएका थिए ।

Image

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro