राजनीति
![पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आन्दोलन गर्छौं : राजेन्द्र लिङ्देन](https://12khari.top/uploads/posts/Rajendra Lingden1641895006.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई आन्दोलन को रूपमा अघि बढाउने बताएका छन् ।
मंगलबार काठमाडौंको सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेको भन्दै अर्को वर्ष राष्ट्रिय दिवसका रूपमा मनाउन आन्दोलन अघि बढ्ने बताएका हुन् ।
पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिएकै कारण नेपाल रहेको तथा नेपालभित्र राष्ट्रपति र प्रधानमन्त्री रहेको भन्दै उनले राष्ट्रनिर्माताको सम्मान गर्नु सबैको कर्तव्य भएको बताए ।
उनले अहिलेको पुस्ताले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नहुने पनि बताए ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८ १५:४१
प्रतिक्रिया दिनुहोस्